शैक्षिक गुणस्तर सुधार्न हरेक प्रदेशमा उत्कृष्टता केन्द्र

भदौं २५, काठमाडौं  -सरकारले सक्षम जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर सुधार्न हरेक प्रदेशमा एक उत्कृष्टता केन्द्र स्थापना गर्ने भएको छ । प्रतिनिधिसभामा आज अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा सूचना तथा प्रविधिको प्रयोग गरी गुणस्तरीय शैक्षिक सामग्री उत्पादन गरी वितरण गर्ने उल्लेख छ ।

प्रस्तावित बजेटमा शैक्षिक क्षेत्रका नक्साकङ्नसहित योजनाबद्धरुपमा पढ्दै कमाउँदै कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमूनाका रुपमा थालनी गर्ने, शिक्षकलाई अलग्गै अस्पताल स्थापना गर्ने, विश्वविद्यालयलाई अनुसन्धानका लागि पूर्वाधार विकाससहित विकास गरिने, पुरानो र ऐतिहासिक कलेज त्रिचन्द्र कलेज, घन्टाघरलाई पुरानै शैलीमा पुनःनिर्माण गरिने पनि जनाइएको छ ।
–––