नेपाल र पीएनजी आज खेल्दै

भदौं २५, काठमाडौं -ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । डे नाइट (दिन र रातमा)अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।