चार महिना पछि आजबाट खुल्यो पशुपति

 

भदौं २५, काठमाडौं – पशुपतिनाथको मूल मन्दिर चार महिना पछि खुल्ला भएको छ । बिहीबार क्षमा पूजा गदैं मन्दिर खुल्ला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा क्षमा पूजा गरेपछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुल्ला गरिएको हो। नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्म मात्र खुल्ला गरिने छ एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने बिकास कोषले बताएको छ ।