आज तीजको दर खाने दिन

भदौं २३, काठमाडौं – नेपाली हिन्दू महिलाको मुख्य पर्व तीजको अघिल्लो दिन । यस दिनलाई दर खाने दिनका रुपमा लिइन्छ । आजको दिनमा

आजको दिनमा विभिन्न परिकार बनाई दर खाने र खुवाउने गरिन्छ । पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दर खाने चलन बसेको बताइन्छ ।