गृहनगरमा भरतमणिलाई च्याम्पियन बनाउन बाइक ¥याली

भदौं २३, काठमाडौं – रियालिटी शो कमेडी च्याम्पियनको फाइनल नजिकिए सँगै ३ प्रतिस्पर्धी भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा यति बेला आफ्नो गृह नगरमा प्रत्यक्ष भोट अपिल गर्न पुगेका छन् । गृह नगर ताप्लेजुङ पुगेका भरतलाई फुलमाला र अबिर जात्रा गर्दै बाइक ¥याली सहित नगर परिक्रमा गरिएको छ ।

च्याम्पियनको सुरुवाती प्रस्तुति देखी नै चर्चा बटुल्दै आएका भरतले नेताहरूको क्यारिकेचर गरेपछि उनले आफूलाई पछ्याउने फ्यानहरू बटुले । पछिल्लो समय पूर्व युवराज पारस शाहको दुरुस्तै गेट अप र क्यारिकेचर गरेपछि त उनको लोकप्रियको उचाइ झनै बढेर गएको छ ।

यसैले पनि उनले नै कमेडी च्याम्पियन दोस्रो सिजन उपाधि उचाल्न सक्छन् भनेर अड्कल बाजि गरिरहेका छन् । उनलाई भोट गर्न प्रभु पे को मोबाइल एप डाउनलोड गरी भोट गर्न सकिने छ । उनको भोटिङ कोड ०३ रहेको छ ।