कांग्रेस अधिवेशन – जाजरकोटका ७७ वटै वडामा निर्विरोध नेतृत्व

भदौं २२, काठमाडौं – नेपाली कांग्रेस जाजरकोट वडा तहमा निर्विरोध नेतृत्व चयन गरेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनको पहिलो चरणमा जिल्लाका ७७ वटै वडामा निर्विरोध रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
कांग्रेस जाजरकोटका सभापति दिपकजंग शाहका अनुसार जाजरकोटमा ७७ वडा सभापतिसहित प्रति वडा १६ जनाका दरले १ हजार ३०९ क्षेत्रीय प्रतिनिधि छानिएका हुन् । वडा समितिमा २८ जनाका दरले ७७ वडाबाट २ हजार १५६ जना पदाधिकारी तथा सदस्य चयन भएका छन् ।

क्षेत्रीय प्रतिनिधिले पालिका कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि, संघीय महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि चुनाव लड्ने पाउँछन् । जिल्लामा २७ भदौमा गाउँ, नगर, १ असोजमा प्रदेशसभा क्षेत्र र ५ असोजमा जिल्ला अधिवेशन हुँदैछ ।