चलचित्र ‘जार’ को फस्ट लुक सार्वजनिक

भदौं २२,काठमाडौं फिल्म ’जार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मकी लिड नायिका गीताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने पृष्ठभूमिमा सौगात र अनुपलाई देख्न सकिन्छ ।

फेर्री टेल पिक्चर्सले ‘होप रिल एन्ड एलए सर्ट्स’ सँगको सहकार्यमा निर्माण भएको फिल्मलाई निर्देशक फुर्वा छिरिङ लामाको निर्देशन गरेका हुन् गिीताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता नायिका हुन् । ‘जार’ को कथा इन्द्र बहादुर राईले लेखेका हुन् ।

फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ । यथार्थपरक कथामा आधारित रहेर निर्माण गरिएको ’जार’ मा केन्द्रीय द्वन्द्व नै महिला पात्र हो ।