भिम्फेदी गाइजको ‘तिनपाने’ इन्टरनेट रिलिज (भिडियो)

भदौं २०, काठमाडौं भिम्फेदी गाइजको प्रस्तुतिमा म्युजिक भिडियो ’तिनपाने’ रिलिज भएको छ ।

तार्जन लिम्बु आवाजमा समावेश रहेको गीतको शब्द तथा संगीत लेट प्रमोद मोक्तानको रहेको छ िगीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन् । भिडियोको कन्सेप्ट साथै निर्देशन निर्मल कुमार लामाले गरेका छन् ।

भिडियोको सम्पादन दिपेन बस्न्यातले गरेका हुन् । सार्वजनिक भिडियोको दृश्य कैद पनि सम्पादक बस्न्यातकै रहेको छ ।

भिम्फेदी गाइज सँग मोडेल पुष्प गुरुङ लामा र कविता थामीले अभिनय गरेका छन् ।भिडियोलाई भिम्फेदी गाइज आधिकारिक युट्युब च्यानलमा हेर्न सकिने छ ।