आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत 

भदौ १३, काठमाडौ – राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना“आरविविम्युचुअल फण्ड १”नामको योजना प्रतिइकाई रु. १०/– का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००/– (अक्षरुपी एक अर्ब पच्चिस करोड रुपैँया) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविविमर्चेन्ट बंैकिङ्ग लि.रहेको छ ।