एसबिआई बैंक र सिप्रदी ट्रेडिङ बिच हायर पर्चेज कर्जा सम्वन्धी सम्झौता

भदौ ११, काठमाडौ -नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ बिच सिप्रदीका ग्राहकलाई गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जाप्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुपमनि ढकाल बिच सम्पन्न भएको     हो । उक्त समारोहमा बैंकका प्रमुख कर्जा अधिकृत विनोद कुमार ढुंगेलका साथै सिप्रदी ट्रेडिङ का अन्य उच्च पदथ कर्मचारीहरुको उपस्थिति थियो ।

यस बैंकले ८८ शाखा, १९ एक्सटेन्सन शाखा र ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमवाट आफ्नो सेवाप्रदान गर्दै आएको छ ।