काबुल विमानस्थलबाहिर बिष्फोट – १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु

भदौ ११ एजेन्सी – अफगास्तिानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकी शैनिक पनि रहेको बीबीसीले जनाएको छ ।

मृत्यु हुने ६० जनामध्ये कम्तीमा १३ अमेरिकी शैनिक रहेका छन् । बिष्फोटमा १४० जना घाइते भएका छन् ।