वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी

 

भदौं ९, एजेन्सी  – भ्रमण टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ। घरेलु टोली पाकिस्तानले किङ्सटनमा वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो।

पाकिस्तानको जितसँगै दुई खेलको टेस्ट सिरिज १–१ को बराबरीमा सकिएको छ। पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको थियो।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ३ सय २ रन जोडेको थियो। उसका फावद आलमले अविजित रहँदै १ सय २४ रनको शतकीय इनिङ्स खेले। वेस्ट इन्डिजले पहिलो इनिङ्समा मात्र १ सय ५० रन बनाउन सक्यो।

दोस्रो इनिङ्समा पाकिस्तानले १ सय ७६ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा वेस्ट इन्डिजले ३ सय २९ रनको लक्ष्य पाएको थियो।

जितका लागि ३ सय २९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ८३.२ ओभरमा २ सय १९ रनमा अल आउट भयो।