नवलको “काँडेतार“ मा गौरव अनुबन्धित

भदौं ९, काठमाडौं – अभिनेता गौरव पहारी फिल्म “काँडेतार“ मा अनुबन्धित भएका छन् ।

अभिनेता ,निर्देशक तथा निर्माता नवल खड्काले कागजी सम्झौता गर्दै गौरवलाई फिल्ममा प्रवेश गराएका हुन् । गौरवले हालै फिल्म ‘लाइफ इन एलए’ छायाङ्कन सकाएर बसेका थिए । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको फिल्ममा गौरव र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।

फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् ।