यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा भर्चुअल माध्यममार्फत सम्पन्न

साउन ३२, काठमाडौ – यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २७औं वार्षिक साधारण सभा  आइतवार  भर्चुअल माध्यममार्फत सम्पन्न भएको छ ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सानहिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ । साथै कम्पनीको आ. व ०७७।०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सानहिसाव,वासलात,नगदप्रभाहविवरणको बारेमा संंक्षिप्तजानकारी दिइयो ।

कम्पनीका संचालक समितिकोअध्यक्ष बाट कम्पनी स्थापनाभएको २८ आंै वर्षमाकम्पनीले प्रकाशित गरेको आ. व. ०७७।०७८ को चौथो वित्तीयविवरण अनुसार कम्पनीले बीमाशुल्कआर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमामा प्रवेश गर्न सफलभएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफलभएको जानकारी गराए । कम्पनीको उक्त सफलतप्रति सम्पूर्ण शेयरधनीमहानुभावहरुले हर्ष व्यक्त गर्दै संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरे ।

सोहि सभामाकुलबीमाशुल्कआम्दानीरु.६९,८९,०३,९८३।८२आर्जन भएको र कम्पनीको चुक्तापुँजीरु ३०,२४,००,०००।०० मा २४०प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,०००।०० भएको जानकारी गराइयो ।साथै, आर्थिक वर्ष ०७७।०७८ का लागीबाह्य लेखापरीक्षकश्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।

कम्पनीले आगामीदिनमाकम्पनीको शाखातथा सेवाको गुणस्तरमाविस्तार गर्दै विकासको पथमातीव्र गतिमा अगाडि बढ्न शेयरधनी महानुभावहरुबाट कम्पनीको व्यवस्थापनलाई सुझावप्रदानगरियो तथा व्यवस्थापनबाट सोहि बमोजिमकार्यगरिने प्रतिवद्धता व्यक्त गरियो ।