आमा बन्दै ऋचा,छाडिन्‘कमेडी च्याम्पियन २’

साउन ३२, काठमाडौं- नायिका ऋचा शर्माले ’कमेडी च्याम्पियन सिजन २’ छोड्ने भएकी छिन्।

निर्णायकको रूपमा रहँदै आएकी शर्मा अब देखी शो मा उपस्थिति नहुने भएकी हुन् ऋचा आमा बन्ने मिति नजिकिँदै छ यसै ले स्वास्थ्यलाई ख्याल गर्दै उनी शो बाट बाहिरिएकी हुन् ।

बिहिबारको श्रृङ्खलामा उनी आफैले डाक्टरको सल्लाह बमोजिम रेस्टमा बसेको बताएकी थिइन् । साथै शनिबारको शो मा भने आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् ।

सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई पहिलो । सिजनबाट नै यो शोको निर्णायकको रूपमा छन ।