’गुलेली मट्याङ्ग्रा’मा पुष्प र रियासाको अभिनय (भिडियो)

साउन २५, काठमाडौं – रामकुमार नेपाली र अन्जु पन्तको आवाजमा ‘गुलेली मट्याङ्ग्रा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द मणि राज बस्नेतले कोरेका छन् । रामकुमार नेपालीले संगीत भरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । रोमान्टिक गीतको म्युजिक भिडियोमा रियासा दाहाल र पुष्प खड्काको केमेस्ट्री हेर्न सकिन्छ ।

मेनुका बस्नेतले निर्माण गरेको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियो सम्पादन विकास धमलाको रहेको छ ।