संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने

साउन २४, काठमाडौं – सत्तारुढ गठबन्धनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
गठबन्धनको कार्यदलले तयार गरेर शीर्ष नेतृत्वलाई बुझाइसकेको न्यूनतम साझा कार्यक्रम आज औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो ।

सिंहदरबारमा ४ बजेपछि गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

साझा कार्यक्रममा कोभिड–१९ रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको छ भने सहमतिका आधारमा संविधान संशोधन, संघीयता सुदृढीकरणलगायतका विषय समेटिएको छ ।