‘द भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता बने किरण गजमेर

साउन २४, काठमाडौं- ‘द भ्वाइस अफ नेपाल’ तेश्रो सिजनको उपाधि किरण गजमेरले जितेका छन्। शनिवार भ्वाइस अफ नेपालकै सेटमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्।

गत साता भएको सेमिफाइनलबाट ८ जनाको प्रतिस्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।