घरको पर्खालले किचेर एक जनाको मृत्यु

साउन २ २ , झापा – झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको  हो ।

सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।