३,३६५ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु

साउन १४, काठमाडौं – नेपालमा आज थप ३,३६५ जना कोरोना संंक्रमित थपिएका छन् ।

९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

संक्रमणबाट थप १६ जनाको मुत्यु भएको मन्त्रालयले बताएको छ ।