पूर्वेली लोक भाका दोहोरी ‘डाँडा बजार’ सार्वजनिक

साउन १०, काठमाडौं  – पूर्वेली लोक भाका दोहोरी ‘डाँडा बजार’ बोलका गीतको भिडियो सार्वजनिक भएको छ।

देउकृष्ण देवान लिंखा याख्खाको कोरियोग्राफी एवं निर्देशन रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ । चित्र याख्खाको संगीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता सन्याक लिम्बू र हिमानी फेवन लिम्बूको आवाजमा ‘डाँडा बजार’ गीतको भिडियो रिलिज गरिएको हो ।
चारखोला सिशिर (सिशिर लिंदेन) को शब्द रहेको ‘डाँडा बजार’लाई राम कार्कीले एरेञ्ज गरेका हुन् ।

भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू, सुनिता सन्याक लिम्बू फिचर्ड छन् । पूर्वेली लोक भाका दोहोरी गीतको सार्वजनिक भिडियोमा आधुनिक देवान ९भूमिराज० र पद्मा माया लिम्बू ९सीता राई०को पनि अभिनय रहेको छ ।