अब अनलाइनमा नाम दर्ता गर्नेलाई मात्रै कोरोना खोप

साउन १०, काठमाडौं -अब अनलाइनमा नाम दर्ता गराउनेले मात्रै कोरोनाको खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो ।

काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले बताएको छ ।

कार्यलयका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने छन् ।