बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ३,११४ संक्रमित

 

साउन ९, काठमाडौं – नेपालमा कोरोना संक्रमणको दर उकालो लाग्न थालेको छ । एकैदिन ३,११२ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।