टोकियो ओलम्पिकको उद्घाटन आज, नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली सहभागि

साउन ८, काठमाडौ – ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा सुक्रवार अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुँदैछ । विश्व खेलकूदको कुम्भमेला मानिने ओलम्पिक जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमबीच उद्घाटन हुनेछ ।

ओलम्पिकका केही खेलको प्रतिस्पर्धा उद्घाटन अघि बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागि हुन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ ।

उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नुहुनेछ । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ ।