शिक्षण अस्पतालका कर्मचारीले पाउने भए तलब र भत्ता

साउन ८, काठमाडौ – हप्ता दिनको सर्घर्ष पछि नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले रोकिएको तलबभत्ता पाउने भएका छन । व्यवस्थापन तथौ प्रशासनमा ताला नै वन्द गरि आन्दोलनमा उत्रिएको सातौँ दिन व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने लिखित सहमति भएको छ ।

सहमति पत्रमा व्यवस्थापन पक्षका तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिडेटका उपनिर्देशक श्यामकुमार शर्मा तथा आन्दोलित कर्मचारीका तर्फबाट मुनिर खान, अशोककुमार दीक्षित र विजयकुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार वैशाख महिनाको तलब साउन १० गतेभित्र, जेठ महिनाको तलब साउन २० गतेभित्र र असार महिनाको तलब भदौ ७ गतेभित्र उपलब्ध गराउने साथै फरक तलब, बीमा, सामाजिक सुरक्षा कोषबापतको रकम साउन मसान्तसम्म दिने र उपदानबापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको छ ।

हटाइएका कर्मचारीका बारेमा शनिबार बसेर छलफलका माध्यमबाट टुङ्गो लगाइने जनाइएको छ । कलेजले तलबभत्ता समयमा उपलब्ध नगराएकोले असार ९ गते व्यवस्थापन पक्षसँग सातबुँदे मागपत्रमा ५१ बुँदे सहायक माग राखेर तीन युनियनले आन्दोलन गरेका थिए ।