बालुवाटारमा पार्टीको वैठक नराख्न देउवालाई गगन थापाको अनुरोध

साउन ४, काठमाडौं नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

उनले सामाजिक सन्जालमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बलुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको बताएका
छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला ।’

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बैठकदेखि मन्त्रिपरिषद बैठकसमेत बालुवाटारमै राखेकोमा आलोचना हुँदै आएको थियो ।