म्यानचेस्टर युनाइटेड विजयी

साउन ४, एजेन्सी – म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा विजयी भएको छ । प्रिमियर लिगको तयारीको रुपमा मैत्रीपूर्ण खेल खेल्दा जित दर्ता गरेको हो ।

आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २(१ गोलले हराएको हो ।

प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे । डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए ।