वसुन्धरा भुसालद्धारा कल्याणकारी कोषलाई एक लाख २८ हजार सहयोग

असार ३१, काठमाडौं – अभिनेत्री वसुन्धरा भुसालले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका एक लाख २८ हजार नगद रकम सहयोग दिएकी छन् । रकम प्राप्त र सहयोगको बिषयमा भुसालले सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

पारिवारिक भेटघाट र घुमघामको लागि करिब ६ महिना अघि अमेरिका पुगेकी भुसालले सो क्रममा संकलित ४ लाख बढि रकम भने केही अगाडि कोषका लागि दिएकी थिइन्

कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपत कालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजक्रिया सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ ।