गण्डकी प्रदेशका प्रमुख सचिव डा रेग्मीद्धारा पदवहाली, दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन

असार २९, पोखरा – गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले प्रशासन सरकारको दर्पण भएकोले सरकारको प्रभावकारिता अभिवृध्दि गर्न प्रशानयन्त्रको महत्वपूर्ण भूमिका रहने वताएका छन ।

उनले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा पद वहाली गरे लगतै वसेको कर्मचारी र सचिवहरुको वैठकमा वोल्दै संघीय शासन प्रणालीको प्रभावकारिता अभिवृध्दि गर्न र शासन प्रणाली प्रति जनताको अपनत्ववोध सिर्जना गर्न समेत सवै कर्मचारीहरुलाई दत्तचित्त भएर सिर्जनशील र जनमुखी भै कार्य गर्न अनुरोध गरेका छन ।

प्रमुख सचिव रेग्मीको अध्यक्षतामा वसेको वैठकले केहि महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । जस्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशभित्र कोरोना विरूद्धको खोप लगाउनु पर्ने जनसंख्या, लगाइसकेको जनसंख्या, खोप प्राप्त हुन सक्ने सम्भाीकोव्यता समेतको आंकलन गरी खोप योजना तयार गर्ने, सबै मन्त्रालयहरुले आ.व.७७/०७८ को मन्त्रालयगत प्रगति समीक्षा मिति साउन १० गतेभित्र सम्पन्न गर्ने, सबै मन्त्रालयहरूले आगामी आ.व.को वार्षिक विकास योजना कार्यान्वयन गर्दा खर्चमा प्रभावकारिता ल्याउन आवश्यक पर्ने खरिद योजनाको विवरण तत्काल तयार गरी कार्यान्वयनमा ल्याउने, सवै मन्त्रालयहरुले मन्त्रालयको काममा प्रभावकारिता ल्याउने लगायतका निर्णय गरेको छ ।

यसको साथै प्रमुख सचिव डा दामोदर रेग्मीको अध्यक्षतामा बसेको प्रदेश स्तरीय खोप समन्वय तथा अनुगमन समितिको वैठकले स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने भेरोसिल र जोन्सन खोप लक्षित समूहलाइ लगाउने निर्णय गरेको छ । भेरोसिल खोप ५५ वर्ष र सो भन्दा माथिका उमेर समूहका नागरिक प्राध्यापक शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालक अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुलाइ लगाइने छ ।

जोन्सन खोप५० देखि ५४ वर्ष उमेर समूहका नागरिक पूर्ण र अतिअशक्त अपांग व्यक्ति स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई लगाइने छ । भेरोसिल र जोन्सन खोप लगाउने व्यक्तिले आफ्नो पहिचान खुल्ने कागजात वा परिचयपत्र लिइ उपस्थित हुनु पर्दछ । भेरोसिल खोप लगाउने कार्य तत्काल गरिने र जोन्सन खोप स्वास्थ्य सेवा विभागले खोप उपलब्ध गराउनासाथ शुरु गरिने भएकोछ ।