१,८७५ सङ्क्रमित थपिए, २९ जनाको मृत्यु

असार २४, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार १० हजार ५०४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । मुलुकभर पाँच हजार ३७४ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार २१८ जनामा र पाँच हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने कुल संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा निको हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । योसँगै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ३२० पुगेको छ ।