सङ्घसंस्थाको पहलमा सडक बालबालिकाको उद्धार

असार ८, काठमाडौ- लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ ।

ती बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा, १० वर्षीय आकाश मलाह, १३ वर्षीय सन्दिप गोले, १५ वर्षीय मुस्कान मलाह, १८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा रहेका छन् । बालबालिकाकाका अभिभावकहरुलाई अविलम्ब सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ ।