बिपद र महामारीमा बाल अधिकारको सम्मानमा निक्सको ध्यानाकर्षण

असार २, काठमाडौ – बालबचाउका लागि राष्ट्रिय पहल (निक्स) ले संघ देखि स्थानीय सरकार र सरोकारवाला निकायहरुलाई बालबालिकाको बाँच्न पाउने अधिकारको संरक्षण र सुनिश्चितता गर्न ध्यानाकर्षण गराएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा, संक्रामक रोगहरुबाट बचाउ तथा निर्मूलीकरण नीतिगत पैरवी र वकालत गर्दै आईरहेको संस्थाले हालै संघिय सरकारले लिएको नीति तथा कार्यक्रम र बजेट वक्तव्य मार्फत बालबालिकाको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र पहुँच बृद्धिका लागि कोभिड संवोधनका लागि निःशुल्क स्वास्थ्य तथा मनोविर्मश घुम्ती सेवा, सबै अस्पतालहरुमा कोभिड संक्रमित बालबालिकाका लागि २० प्रतिशत वेडहरु व्यवस्था गर्ने, निशुल्क खोप उपलब्धता, कान्ति बाल अस्पतालमा पूर्वाधार सहितको आईसियू बेडहरुको व्यवस्थापन लगायत १२ प्रकारका गुणस्तरीय बाल स्वास्थ्य सेवाका लागि गरेको व्यवस्थाको स्वागत पनि गरेको छ ।

संजालका राष्ट्रिय संयोजक कृष्णचन्द्र आचार्यले सबै बाल अधिकारहरुसँग सम्वन्धित संघ संस्थाको तर्फबाट हस्ताक्षर गर्दैै घोषित व्यवस्थाको सफल कार्यान्वयनका लागि विशेष अनुगमन र कोभिड संक्रमित बालबालिकाको लागि विशेषज्ञ डाक्टरको सेवा र मनोपरामर्शकर्ताको व्यवस्था गर्न सबै तहका सरकारलाई एक अपिल जारी गर्दै ध्यान आकर्षण गरेका छन ।