गर्भवतीलाई सामग्री वितरण

जेठ २९, काठमाडौँ – बर्दियाको बारबर्दिया नगरपालिका वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नम्वर १ र २ मा सय जना गर्भवतीलाई नगरउपप्रमुख अञ्जु दहिले पोषणयुक्त सामग्री वितरण गरेका छन् । नगपालिकाले गर्भवतीहरुलाई पोसिलो खाना र सुरक्षा सामाग्री सहितको उपहार प्रदान गर्न शुरु गरेको छ । त्यस्तै शनिवार वडा नम्वर ५,६ र ७ मा ती सामग्री वितरण हुने छ । नगरपालिकाले शुक्रबारदेखि गर्भवतीहरुलाई उपहार बितरण गर्न थालेको हो । प्रत्येकलाई झुल, एक क्रेट अण्डा, आधा लिटर घ्यु, स्यानिटाईजर, मास्क लगायतका करिव १७ सय बराबरको सामग्री दिइएको छ । नगर प्रवक्ता दुर्गा वहादुर विश्वकर्माले ११ वटै वडाका गर्भवतीलाई ती सामग्री दिइने बताए ।