आफ्नै साथीको हत्या गरेको अभियोगमा पक्राउ

जेठ २६, कैलाली – लम्कीचुहा नगरपालिका-२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या अभियोगमा उनकै साथी कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वुढाथोकीको हत्या गरि फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बाद बिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा बिशालको मृत्यु भएको खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।