लागुऔषध खैरो हिरोइनसहित पक्राउ

जेठ २१, काठमाडौँ – भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द रहेका छन् । चन्दको साथबाट शून्य दशमलव ३६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । पैदल हिँड्दै गरेका चन्दमाथि शङ्का लागि जाँच गर्ने क्रममा खैरो हिरोइन बरामद गरिएको बताइएको छ । पक्राउ परेका चन्दलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ ।