जुम्लाका विपन्न नागरिकलाई खाद्यान्न सहयोग

जुम्ला : निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न नागरिकलाई खाद्यान्न सहयोग गरिएको छ ।

जुम्लाका एक युवाले खाद्यान्न सहयोग गरेका हुन् । दोस्रो चरणको कोरोना संक्रमणका कारण लागु गरिएको निषेधाज्ञाका कारण मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरु समस्यामा छन् ।

जिल्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा रहेका विपन्न नागरिकहरुलाई समाजसेवी अमर विष्टले निःशुल्क खाद्यान्न सहयोग गरेका हुन् ।

पहिलो चरणको कोरोना संक्रमणको अवस्थामा पनि बिष्टले जुम्लाका दलित समुदाय विपन्न नागरिक, अपांगता भएका व्यक्ति र असहायहरुलाई खाद्यान्न सहयोग गरेका थिए । हाल अमेरिकामा रहेका उनले दुवै पालिकाका १६ जना विपन्न नागरिकहरुलाई सहयोग गरेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएका, निषेधाज्ञामा जिविकोपार्जनमा समस्या भएका र असहायहरुलाई प्रति व्यक्ति एकएक बोरा चामल, एक केजी नुन र तेल सहयोग गरिएको हो ।

पहिलो चरण देशभर व्यक्तिगत खर्चमा १६ लाख सम्मको सहयोग गरेका उनले दोस्रो चरणको कोरोना संक्रमणको अवस्थामा पनि जुम्ला र कञ्चनपुरमा सहयोग गरेका हुन् ।