सकियो एमाले बैठक: विश्वास मतका लागि अन्य दलसँग छलफल गर्ने निर्णय,ओली शीतल निवास गए

बैशाख २३, काठमाडौँ-नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ ।

बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । उनी शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यस्तै जेष्ठ ६ गते हुने निर्वाचनका विषयमा पनि छलफल भएको बुझिएको छ ।