एमाले स्थायी कमिटी बैठक सुरू

वैशाख २३, काठमाडौ-सत्ताधारी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । विहीबार बिहान १० बजेका लागि बैठक बोलाइए पनि ११ बजेपछि बैठक सुरू भएको हो ।

आज बसेको स्थायी कमिटीले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मदवार तय गर्ने सम्भावना छ।

बागमती र लुम्बिनी प्रदेशमा एकेक पद रिक्त छ। त्यसका लागि जेठ ६ र १७ गते उपनिर्वाचन तोकिएको छ।

साथै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्।