च्याम्पियन्स लिग –चेल्सी फाइनलमा प्रवेश

बैशाख २३,एजेन्सी –रियल मड्रिडलाई २–० गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

सिटी मंगलवार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।