नेपालमा एकै दिन ७ हजार २११ जनामा कोरोना पुष्टि

बैशाख १९,काठमाडौं –नेपालमा आज ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ७४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ।

आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ। नेपालमा हालसम्म २५ लाख ४ हजार ४७६ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १६ हजार ७७० जनाको परीक्षण गरिएको छ।