गायक प्रकाश सपूतलाई कोरोना संक्रमण

बैशाख १७,काठमाडौँ – गायक तथा सर्जक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको जानकारी गराएका छन् ।

उनले यो बिचमा आफ्नो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्न आग्रह गरेका छन् ।

उनले आफूलाई एकदमै धेरै शरिर दुख्ने गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको पनि जानकारी गराएका छन् ।

उनी अहिले म होम आइसोलेसनमा छन् । आफ्नो अवस्था सामान्य रहेको छ । यस्तै उनले सुरक्षित रहन समेत सबैलाई आग्रह गरेका छन् ।

उनको भर्खरै मेरो पनि होइन र यो देश भन्ने देश भक्ति गित सार्वजनिक भएको थियो ।