९ सय रुपैयाँले घट्यो सुनको भाउ

बैशाख १७,काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ ।

हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

 

हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।
हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।