एमालेका नेता मणि थापालाई कोरोना संक्रमण पुष्टि

बैशाख १७,काठमाडौं -खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना पुष्टि भएको छ ।


नेकपा एमालेका नेता समेत रहेका उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।

उनको निजी सचिवालयले उनकी छोरीलाई पनि कोरोना पुष्टि भएको बताएको छ ।

थापालाई रुघाखोकी लागेपछि रेष्ट गरिरहेका थिए ।

स्वास्थ्य अवस्था भने सामान्य नै छ । यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना पुष्टि भएको थियो ।