कोरोना संक्रमित पूर्वरानी कोमल आईसीयूमा

बैशाख १६,काठमाडौं-कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ ।

केहीदिन पहिले कोरोना संक्रमित भएका शाह दम्पति अस्पताल भर्ना भएका थिए । अक्सिजन लेवल घटेपछि हिजो राति आईसीयू सारिएको अस्पतालले जानकारी दिएको छ ।

दिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए ।

लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण भएर सोही अस्पताल भर्ना भएकी छन् ।