बैशाख १६,एजेन्सी- ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ ।
दिल्लीमा हुने पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई र राजस्थानबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।
मुम्बई पाँच खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । राजस्थान पनि तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।दुई टिमबीचको पछिल्लो पाँच खेलमा राजस्थानले ४ खेल जितेको छ । मुम्बईले एक खेल मात्र जितेको