चितवनमा वैशाख १६ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा

वैशाख १५, चितवन – चितवन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनको वैशाख १६ गते रातीदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । चितवनमा १५ दिन निषेधाज्ञा जारी हुने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको बताए । उनले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताए ।