कर्णालीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

बैशाख १५,सुर्खेत – कर्णाली प्रदेशमा बुधबार थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याउँदै

मृत्यु हुनेमा सुर्खेतका दुई र एक जना दैलेखका रहेका हरेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा। केएन पौडेलले बताए । कोरोना पुष्टिपछि गम्भीर बनेका उनीहरु एक सातादेखि आईसीयूमा उपचाररत थिए ।

यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

योसँगै कर्णालीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।