कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित

वैशाख १५ , काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुलाई कोरोना देखिएपछि बैठक स्थगीत गरिएको हो ।

यसअघि नेता कर्मचारी,पीएसओ, चालक लगायतमा कोरोना संक्रमणको जाँच गरिएको थियो ।

बुधबार आसन्न महाधिबेशन र पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्ने कार्यसूचि थियो । तर बैठक तत्काल रोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।