गौरीगञ्जको वडामा बन्दाबन्दी

वैशाख १५, काठमाडौँ – यसैबीच झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नं १ मा सात जनामा एकैचोटी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी गरिएको छ । सो वडा भारतको विहारसँग सीमा जोडिएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दीमा अतिआवश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । हाटबजार, यातायात, कलकारखानालगायत सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ ।

भारतमा तीर्थयात्रा गरेर फर्किएका सात जनामा हालै कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्काले बन्दबन्दी गर्नुपरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।