नेपालमा एकैदिन कोरोनाबाट १८ जनाको मृत्यु, ४५ सय नयाँ संक्रमित थपिए

बैशाख १४,काठमाडौं -पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँचसय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

१५ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन् । कोरोनाबाट सोमबार १४ जनाको मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।